आर्थिक वर्ष २०७७/२०७८ को बजेट भाषण सुरु

आर्थिक वर्ष २०७७/२०७८ को बजेट भाषण सुरु

काठमाण्डौ – आर्थिक वर्ष २०७७/२०७८ को बजेट भाषण सुरु भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले बजेट भाषण गरिरहनुभएको छ ।

नेपालको संविधान अनुसार हरेक जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ । यस पटक सरकारले ऊर्जा, सिँचाइलगायतको आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ ।

त्यस्तै निर्माणसम्बन्धी र केही ठूला आयोजना सुरु गर्ने लक्ष्यका साथ बजेट विनियोजन सुरु सरकारले जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रमका आधारमा केही महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनालाई सरकारले विशेष ध्यान दिने भएको छ ।

तामाकोशी, मेलम्चीलगायतका राष्ट्रिय गौरवका आयोजना एक आर्थिक वर्षभित्र सक्ने घोषणा गर्ने तयारी छ ।

सम्बन्धित खवर