एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि, अस्पताल पुर्‍याउने तयारी

एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि, अस्पताल पुर्‍याउने तयारी

पाेखरा : एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही समयअघि भारतबाट फर्किएर स्याङ्जाको वालिङ पुगेका एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु गत सोमबार मात्रै क्वारेन्टाइनमा बसेकाे बताइएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार तीन जना संक्रमितमध्ये दुई पुरुष र एक महिला भएको जानकारी दिनुभयो।

संक्रमितलाई सदरमुकामस्थिति स्याङ्जा जिल्ला अस्पतालमा पुर्याउने तयारी भइरहेको शर्माले बताउनुभयो ।

सम्बन्धित खवर