कैलाश गाउँपालिकाको भवनमा आगलागी

कैलाश गाउँपालिकाको भवनमा आगलागी

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालय भवनमा आगलागी हुँदा भौतिक सामग्री जलेर नष्ट भएको छन् ।

सोलारको ब्याट्री पड्केर आज आगलागी भएको गाउँपालिकाकी उपाध्यक्ष सुकुमायाँ थिङल जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयमा भएका सबै सामग्री नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयले घटनास्थलमा प्रहरी पुगेको र थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

सम्बन्धित खवर