इटहरा : आज १३ औ गणतन्त्र दिवस मनाईदै छ ।
संविधानसभाको पहिलो बैठकले वि.सं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्षको जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । आज झन्डै २ सय ५० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो ।
योसँगै मोरङको रतुवामाई नगरपालिकाले पनि तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन नगरबासीमा अनुरोध गरेको छ ।
नगरपालिकाले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।
विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड – १९ कोरोना भाईरसको जोखिम कायमै रहेकाले औपचारिक रुपमा गणतन्त्त दिवस नमनाउन आग्रह गरेको छ ।
साथै नगरले गण्तन्त्र दिवसका अवसरमा आफ्ना नगरबासीहरुमा शुभकामना समेत व्यक्त गरेको छ ।