नेपालमा सलह आउने सम्भावना तथा रोकथामबारे अध्ययन गरिँदै

नेपालमा सलह आउने सम्भावना तथा रोकथामबारे अध्ययन गरिँदै

काठमाडौं : सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना छ।

यससँगै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उक्त कीराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले नेपालमा सलह कीरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए।

उनले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको बताए।

सम्बन्धित खवर