हावाहुरीबाट भएको क्षतिको विवरण ल्याउन वडालाई निर्देशन

हावाहुरीबाट भएको क्षतिको विवरण ल्याउन वडालाई निर्देशन

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरमा हावाहुरीका कारण वडाहरुमा भएको क्षतिको यकिन विवरण संकलन गर्न वडा समितिलाई जिम्मेबारी दिएको छ ।

नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा आज १० वटै वडाका वडाध्यक्षहरुसँग छलफल गरी जेठ १२ गते राती पानी सहितको हावाहुरीले वडाहरुमा पुर्याएको क्षतिको यकिन विवरण चाँडो संकलन गर्न जिम्मेबारी दिएको छ ।

विवरण संकलनपछि कार्यपालिकाको बैठकले त्यसबारेमा आवश्यक निर्णय गर्ने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी गराउनु भयो ।

सम्बन्धित खवर