लकडाउन खुकुलो हुने संकेत: आन्तरिक उडान सुचारु गर्ने तयारी

लकडाउन खुकुलो हुने संकेत: आन्तरिक उडान सुचारु गर्ने तयारी

काठमाडौं : विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपनि सरकारले आन्तरिक हवाई उडान सञ्चालनको गृहकार्य सुरु गरेको छ । यो सँगै सरकारले लकडाउन बिस्तारै खुकुलो गर्ने संकेत मिलेको छ ।

असार पहिलो हप्तादेखि आन्तरिक हवाई उडान सुचारु गर्न लागिएको हो । संक्रमण फैलन नदिन विभिन्न प्रकारका कडा सुरक्षाका निर्देशिका बनाएर आन्तरिक उडान खुला गर्ने सरकारले तयारी थालेको छ । छिमेकी देश भारतमा सोमबारदेखि उडान सुचारु गरेको थियो ।

आन्तरिक उडान सञ्चालनका लागि विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी संरचनाहरूमा व्यापक परिवर्तन भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगायत मुलुकका प्रमुख विमानस्थलमा सामाजिक दूरी कायम हुने र विभिन्न सुरक्षा प्रवन्ध हुने गरी संरचनाहरू तयार गरिरहेको छ ।

प्राधिकरणले देशभरका विमानस्थललाई आन्तरिक निर्देशिका समेत पठाइसकेको जनाउँदै अन्तराष्ट्रिय उडानको पनि निर्देशिकाको तयारी थालेको जनाएको छ ।

विमानस्थलमा यात्रुहरूबिच दूरी कायम रहने र भिडभाड नहुने गरी गरिएका मार्किङलगायतका संरचना तयार पारिएको प्राधिकरणले जनाएको छ । ‘आन्तरिक विमानस्थलहरूलाई निर्देशिका पठाइसकेको र सोहीअनुसार संरचना तयारीमा एयरलाइन्स र विमानस्थल जुटेका छन् । प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।’

नेपालमा जेठ महिनाभर सबै व्यवसायीक उडान बन्द गरेको छ भने २० जेठसम्म लकडाउन पनि खुकुलो बनाउने तयारी थालेको छ । कोरोना संक्रमण महिनौंसम्म जारी रहने देखिएपछि स्वास्थ सुरक्षासम्बन्धि मापदण्ड लागू गरेर २० गतेपछि केही क्षेत्रलाई खुला गर्न लागिएको छ ।

सम्बन्धित खवर