सिरहाका दुई जना प्रहरीमा पनि कोरोना

सिरहाका दुई जना प्रहरीमा पनि कोरोना

बुधबार सिराहा जिल्ला प्रहरी कार्यालयका दुई जना हवल्दारलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ। जिल्ला प्रहरी कार्यालयले उनीहरूमा संक्रमण पुष्टि भएको जनाएको छ।

जिल्ला प्रहरीका उच्च अधिकारीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भएपछि सम्पर्कमा आएका एसपी र सिडिओसहित १७ जनाको परीक्षण गर्न स्वाब पठाइएको छ।

अहिले संक्रमित दुबैलाई अस्पताल लैजाने तयारी गरिएको छ। त्यस्तै संक्रमितको सम्पर्कमा आएकालाई क्वारेनटाइनमा राखिने भएको छ।

योसँगै संक्रमितको संख्या ८ सय ५२ पुगेको छ। बुधबार नै रौतहटका ३५, झापाका १७, बाराका ८, बाग्लुङका ६ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको हो।

बाराका संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी छन्। बाँकी संक्रमितहरू सबै भारतबाट आएको खुलेको छ। हेटौंडाकी संक्रमित भने चितवनबाट घर पुगेको भन्ने छ।

सम्बन्धित खवर