बुधबार रौतहटमा एकैपटक ३५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
भारतबाट आएर क्वारेनटाइनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शशि मोहन दासले जानकारी दिनुभयो।
संक्रमितहरूमा गौर नगरपालिकाका ८, ईशनाथ नगरपालिकाका १६, गढिमाई नगरपालिकाका ७, देवाही गोनाही र कटहरिया नगरपालिकाका दुई दुई जना छन्।
उनीहरूलाई जिल्लाकै आइसोलेसनमा राख्ने तयारी गरिएको छ।
योसँगै संक्रमितको संख्या ८ सय २५ पुगेको छ। बुधबार बिहानै बाग्लुङका ६ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको थियो।
बाग्लुङमा देखिएका संक्रमितहरू पनि भारतबाट आएको खुलेको छ। हेटौंडाकी २५ वर्षीय संक्रमित युवती भने चितवनबाट घर पुगेको भन्ने छ। उनलाई भरतपुर अस्पतालको आइसोलेसन पठाइएको छ।