प्रेस युनियन अफ दी इयर अवार्ड श्रेष्ठलाई

प्रेस युनियन अफ दी इयर अवार्ड श्रेष्ठलाई

पोखरा : प्रेस युनियन अफ दी इयर अवार्डबाट पत्रकार अनिषा श्रेष्ठ सम्मानित हुनुभएको छ ।

युनियनका कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सो अवार्डबाट यस वर्ष पहिलोपटक श्रेष्ठ सम्मानित हुनुभएको युनियनका जिल्ला अध्यक्ष नवीन सिग्देलले बताउनुभयो ।

नेपाल प्रेस युनियनको २९ औँ स्थापना दिवसको अवसरमा युनियन जिल्ला कार्यसमिति कास्कीद्वारा मङ्गलवार यहाँ आयोजित कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले उहाँलाई सो अवार्ड प्रदान गर्नुभएको हो । अवार्डको राशी रु पाँच हजार नगद र प्रशंसापत्र रहेको छ ।

युनियनका कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सो अवार्ड यस वर्ष पहिलोपटक श्रेष्ठलाई प्रदान गरिएको युनियनका अध्यक्ष नवीन सिग्देलले बताउनुभयो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले अब पनि यही रूपमा बन्दाबन्दी बढाउँदै जाँदा त्यसले भयावह अवस्था सिर्जना गर्ने उल्लेख गर्दै उत्पादनशीलता र अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी भएको बताउनुभयो ।

वर्तमान सरकारले काँग्रेसकै सहयोगका कारण नयाँ नक्सा बनाएको उल्लेख गर्दै उहाँले लिपुलेक हाम्रो पुर्खाले आर्जेको भूभाग भएका कारण यसलाई गुम्न दिनु नहुने बताउनुभयो । राष्ट्रियताको विषयमा सबै पक्षबीच एकता भएमा कसैले पेल्न नसक्ने उहाँको भनाइ छ । कार्यक्रममा सवारी दुर्घटनामा घाइते भएका नेपाल प्रेस युनियन कास्कीका कार्यसमिति सदस्य सुमन गुरुङलाई रु १० हजार सहयोग हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा काँग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेल, सल्लाहकार रवीन्द्र बाँस्तोला, युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष गङ्गाधर पराजुलीलगायतले युनियनको स्थापना र यसले नेपालको प्रेस जगत्को विकासमा पु¥याएको योगदानमाथि चर्चा गर्नुभयो ।

प्रेस युनियन कास्कीले यस वर्ष सुप्रेम शारदा पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार र शान्ति पत्रकारिता पुरस्कार वितरण गर्ने उक्त अवसरमा जानकारी गराइयो ।

सम्बन्धित खवर