रतुवामाईका किसानलाई अनुदानमा धानको बीउ वितरण

रतुवामाईका किसानलाई अनुदानमा धानको बीउ वितरण

 

इटहरा : मोरङको रतुवामाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई ५९ हजार केजी धानको बीउ वितरण गरेको छ ।

बीउ राख्ने समयमा किसानलाई उन्नत जातको बीउको वितरण गरिएको कृषि शाखा प्रमुख नरहरी निरौलाले जानकारी दिनुभयो ।

निरौलाका अनुसार नगरपालिकाले सोना मुन्सुली, रंन्जित, हर्दिनाथ, राधा –१२, रामधाम जातका ३५ हजार केजी र प्रधानमन्त्रि कृषी आधुनिकीकरण परियोजना धान जोन ईकाईले २४ हजार केजी धानका बिउ वितरण गरेको हो ।

सामाजिक दूरी कायम गरी नगरले १ सय ६१ सय कृषक समुह, ६ वटा कृषी सहकारी र १४ वटा कृषी फर्मलाई धानको बीउ वितरण गरेको हो । नगरमा २ हजार बिगाहमा एक लाख २७ हजार ७ सय ९० मन धान उत्पादन हुने अपेक्षा गरीएको पनि कृषि प्रमुख निरौलाले बताउनुभयो ।

लकडाउन जारी रहँदा खाद्य संकट हुन नदिन स्थानीय उत्पादनलाई नगरपालिकाले जोड दिएको रतुवामाई नगरपालिकाकी उपप्रमुख दयन्ता चुडालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको सङ्कटमा जताततै कृषिका नारामात्रै सुनिन्छ, सङ्घीय सरकारको नीतिमा पनि कृषि क्षेत्र उपेक्षामै परेको सुनियो, अब स्थानीय सरकारले पनि कृषि उत्पादन बढाउने खालको बजेटलाई प्राथमिकता दिनुपर्छ ।”

रतुवामाई नगरपालिकामा करिब २ सय बिगाह क्षेत्रफलमा धान खेती हुन्छ ।

सम्बन्धित खवर