सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

 

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका ४, सातपत्रे सापकोटाचोकमा चट्याङ लागि एकजनाको मृत्यु भएको छ । आज बिहान चट्याङ लागि अन्दाजि ४०/४५ वर्षिया वासुदेव सापकोटाको मृत्यु भएको छ । विस्तृत जानकारी आउन बाँकी ।

युवाको शव फेला

जिल्लामा एक युवाको मंगलबार शव फेला परेको छ । कमलामाइ नगरपालिका २ भद्रकाली घर भइ वडा नं ७ को वर्देउटारमा डेरामा बस्दै आएका २० वर्षीय कृष्ण विक शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक श्यामबहादुर केसीका अनुसार मंगलबार बिहान डेराबाट काममा जान्छु हिँडेका विकको एक किलोमिटर पूर्वमा चिरान काठमाथि शव फेला परेको हो । प्रहरी नायव उपरीक्षक केसीले घटनाको छानबिन सुरु भएको बताउनुभयो ।

सम्बन्धित खवर