क्वारेनटाइनको व्यवस्थापनबारे जानकारी लिन पुगेका वडाध्यक्षको मृत्यु

क्वारेनटाइनको व्यवस्थापनबारे जानकारी लिन पुगेका वडाध्यक्षको मृत्यु

कञ्चनपुर : क्वारेनटाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेनटाइन्मा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाएर र खाना खाएर राना क्वारेनटाइन पुगेका थिए ।

नयाँ क्वारेनटाइन स्थापना गरिएको थियो नगरप्रमुख कर्णबहादुर हमालले भन्नुभयो, “राति व्यवस्थापनबारे जानकारी लिनका लागि क्वारेनटाइनमा पुगेका उहाँको मृत्यु भएको छ ।” वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयाघातका कारण उहाँको मृत्यु भएको हुनसक्ने उहाँले बताउनुभयो ।

मृत्यु भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याइएको छ । अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिने बताइएको छ ।

सम्बन्धित खवर