अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

 

एजेन्सी : अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । दैनिक रुपमा संक्रमति संख्या उहि देखिएपनि मृतकको संख्या भने हरेक दिन घट्दो छ ।

पछिल्लो २४ घण्टामा १९ हजार ४९ जना संक्रमित थपिँदा ७७४ जना मृतक थपिएका छन् । संक्रमितको दर उही रहेको छ भने मृतक १५ सयबाट आधा घटेका छन् ।

अहिलेसम्म अमेरिकामा १७ लाख २५ हजार २७५ जना संक्रमित भएका छन् । १ लाख ५७९ जना मृतक पुगेका छन् । ४ लाख ७९ हजार ९६९ जनालाई मात्र निको भाएको छ । सबैभन्दा प्रभावित न्यूयोर्कमा ३ लाख ७३ हजार ६२२ जना संक्रमित भएका छन् । मृतक २९ हजार ४५१ जना पुगेका छन् ।

दोस्रो स्थानको न्यूजर्सीमा १ लाख ५७ हजार १५ जना संक्रमित पुगेका छन् । ११ हजार १९७ जना मृतक थपिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने कोरोना संक्रमित र मृतक घटेको भन्दै उनी राजनीतिक क्रियाकलापमा सक्रिय भइरहेका छन् ।

उनी पुनः दोस्रो पटक राष्ट्रपतिका लागि प्रयासरत छन् । उनी कोरोना नियन्त्रणमा पूर्णरुपले असफल भए पनि आफ्नो रवाफ भने कायम राखेका छन् । ट्रम्पले कोरोनाका विषयमा आफूलाई विवादमा पनि ल्याएका छन् । उनले कोरोना रोक्न आफूले औलोको औषधि खाएको पनि बताएका छन् ।

विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग रोक्ने अभिव्यक्ति दिएपछि डब्लुएचओले पनि औलोको औषधि नखान सबैलाई चेतावनी दिएको छ । यसबाट मानिसको ज्यान जाने भन्दै प्रतिवन्ध नै लगाएको हो ।

सम्बन्धित खवर