निरिक्षक दाहाल उत्कृष्ट प्रहरी घोषित

निरिक्षक दाहाल उत्कृष्ट प्रहरी घोषित

किरण न्यौपाने, रंगेली

ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाल उत्कृष्ट प्रहरी घोषित भएका छन् । मोरङ्ग प्रहरीले प्रहरी निरिक्षक दाहाललाई वैशाख महिनाको “पुलिस अफ द मन्थ” घोषणा गरेको छ ।

करिव १० महिना अघि रंगेली आएका प्रहरी निरिक्षक दाहालले अपराध नियन्त्रणसंगै पछिल्लो समय कोरोना भाइरस नियन्त्रणका लागी हेल्प डेक्स, क्वारेन्टिन निर्माण गर्न सिमावर्ती पालीकाहरुसंग महत्वपुर्ण भूमिका निर्वाह र जघन्य प्रकृतिको मुद्दाको सफल अनुसन्धान गरेका छन् ।

समाजमा शान्ति सुरक्षा, लैंगिक हिंसा, राहत वितरण व्यवस्थापन, स्वयम सेवकको रुपमा ‘प्रहरीको साथी म’ जस्ता कार्यक्रम सञ्चालन गरी प्रहरीको छवि उच्च बनाउने कार्य गरेको भन्दै प्रहरी निरिक्षक दाहाललाई जिल्ला प्रहरी कार्यालय मोरङ्गले उत्कृष्ट प्रहरी घोषण गरेको हो ।

सम्बन्धित खवर