नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते

नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते

 

रुकुम पश्चिम :  रुकुम पश्चिम, आठबिसकोट नगरपालिका वडा नम्बर ९ स्थित राडीबजारमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।

मंगलबार साँझ भएको झडपमा नेकपाका दुई र कांग्रेसका एकजना घाइते भएका हुन् । स्थानीय पार्टी राजनीतिमा को वरिष्ठ भन्ने विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडपको रुप लिएको हो । झडपमा उनीहरुले किला ठोक्ने फलामको ह्यामर लगायत सामग्रीले हानाहान गरेका थिए ।

दुईजनाको टाउकोमा चोट लाग्नुका साथै एकको हातमा चोट छ । घटनापछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर आठबिसकोट नगर अस्पतालमा उपचार गराएको स्थानीय गोपाल बटालाले जानकारी दिए ।

झडपमा घाइते हुनेहरु रवि चन्द, मिलन परियार र मनोज बस्नेतको अहिले उपचार भइरहेको हो । नेकपाका दुई कार्यकर्ता आठबिसकोट नपाका मेयर गोरखबहादुर केसीका सहयोगीको रुपमा चिनिन्छन् । यस्तै अर्का घाइते मिलन परियार कांग्रेसका स्थानीय नेता तथा मेयरमा पराजित धिरेन्द्रबहादुर बटालाका सहयोगीको रुपमा चिनिन्छन् ।
अन्नपूर्णबाट

सम्बन्धित खवर