जिल्ला भित्रनेक्रम वृद्धि भएसँगै दोलखामा उच्च सर्तकता

जिल्ला भित्रनेक्रम वृद्धि भएसँगै दोलखामा उच्च सर्तकता

दैलेख  : जिल्ला प्रशासन कार्यालय दैलेखले कामको सिलसिलामा छिमेकी मुलुक भारत गएका ४२ हजार नागरिक जिल्ला भित्रने प्रक्षेपण गरेको छ । ती नागरिकलाई सुरक्षित क्वारेन्टाइनमा राख्नका लागि पूर्व तयारी थाल्न स्थानीय तहलाई कार्यालयले अनुरोधसमेत गरेको छ ।

हरेक गाउँपालिकाले सामाजिक सञ्जालमार्फत आफ्ना नागरिकलाई नेपाल आउन आग्रहसमेत गरेपछि भित्रनेको सङ्ख्या दैनिक एक हजारका दरले वृद्धि भएको छ । भारतमा कोरोनाको जोखिम बढ्दै जानु र जिल्लामा सोमबारसम्म देखिएका आठजना सङ्क्रमित सबै भारतबाट आएकामा देखिनुले स्वास्थ्य जोखिम बढेको जनाइएको छ । अहिलेसम्म जिल्लामा पाँच हजार १७३ जना आइसकेका छन् ।

जिल्ला आएकामध्ये कसैको पनि कोरोना जाँच नभएको र सिधै सदरमुकाम आउने क्रम बढेपछि जिल्ला जोखिममा परेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन् । अहिले ट्रक, ट्र्याक्टर, बस र हाइसमा कोचाकोच गरेर नारायण र दुल्लु नगरपालिका, महावु, भगवतीमाई र नौमुले गाउँपालिकाका मानिस आउन थालेका छन् । यसले गर्दा सदरमुकाम दैलेख बजार अहिले ट्रान्जिट बनेको छ ।

मानिस ओसारपसार गर्ने सवारी साधनका चालक र सहचालकले समेत स्वास्थ्य सुरक्षा सामग्री लगाएको देखिँदैन । दैनिक दुई हजार नागरिक जिल्ला प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी युवाराज कट्टेलले जानकारी दिनुभयो ।

सम्बन्धित खवर