स्याङ्जामा पनि देखियाे काेराेना, वालिङकाे क्वारेन्टाइनमा रहेका २ जनामा संक्रमण

स्याङ्जामा पनि देखियाे काेराेना, वालिङकाे क्वारेन्टाइनमा रहेका २ जनामा संक्रमण

पाेखरा : स्याङ्जामा पहिलाेपटक काेराेनाे संक्रमित भेटिएका छन् । गण्डकी प्रदेश सभाका सदस्यद्वय भगवतप्रकाश मल्ल र माेहनप्रसाद रेग्मीले म‌ंगलबारकाे प्रदेश सभाकाे बैठकमा उक्त जानकारी गराएका हुन् ।

भारतबाट आएका २९ र २० वर्षीय पुरुषमा गए राति पिसिआर पाेजेटिभ आएकाे र बिरामीलाई वालिङबाट ट्रान्सफर गरी जिल्ला अस्पताल स्याङ्जा ल्याइएको छ ।

उनीहरुकाे जिल्ला अस्पताल को कोरोना आइसाेलेसन कक्षमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको अस्पतालकाे फेसबुक पेजमार्फत जानकारी गराइएकाे छ।

भारतबाट आएर वालिङकाे क्वारेन्टाइनमा बसेका २ जनामा काेराेना पाेजेटिभ देखिएकाे र उनीहरुलाई जिल्ला अस्पताल स्याङ्जाकाे आइसाेलेसन कक्षमा राख्ने तयारी भइरहेकाे प्रदेश सभा सदस्य रेग्मीले बताए ।

उनीहरु यही जेठ १० मा भारतबाट आएका थिए । उनीहरुको सोमबार पोखरास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण भएको थियो

प्रदेश सरकार मातहत रहेकाे उक्त अस्पतालमा बिरामी र स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री अभाव हुन नदिन उनले सरकारसँग आग्रह पनि गरे ।

प्रदेश सभा सदस्य मल्लले क्वारेन्टाइन अझै व्यवस्थित गर्न र संक्रमितकाे उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरे । उनले पूर्वाधार विकास काेषकाे रकम स्वास्थ्य सेवामा रकमान्तर गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।

सम्बन्धित खवर