होम आइसोलेसनमा रहेकी गर्भवतीको मृत्यु, कोरोना परीक्षण गरिदैँ

होम आइसोलेसनमा रहेकी गर्भवतीको मृत्यु, कोरोना परीक्षण गरिदैँ

होम आइसोलेसनमा रहेकी सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २४ वर्षीया एक गर्भवती महिलाको मृत्यु भएको छ ।

ती गर्भवती महिलालाई सोमबार राति धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको बताइएको छ ।

२ सन्तानकी आमा ती महिला तेस्रो पटक गर्भवती भएकी थिइन् । कोरोना संक्रमणसित मिल्ने लक्षण देखिएको र होम आइसोलेसनमा रहँदा उनको मृत्यु भएपछि उनको स्वाब लिने र कोरोना परीक्षण गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।

१० दिन अगाडि नै ती महिलालाई ज्वरो आएको थियो । ज्वरो १००.२ डिग्री आएको र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई गत जेठ ८ गते राजविरा स्थित डा. विनिता यादवको क्लिनकमा उपचारका लागि ल्याइएको थियो ।

स्वास्थ्य प्रमुख यादवका अनुसार उनलाई पिसाबको संक्रमण (यूटीआई) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम आइसोलेसनमा रहन सल्लाह दिएका थिए ।

सम्बन्धित खवर