राजेन्द्र महतो, लहान
सिरहाको अर्नामा गाउँपालिका वडा १ महनौर स्थित एकघरमा गएराति आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीमा परेर घरभित्र रहेको भैँसी र बाख्रा समेत जलेर मरेका छन् ।
गएराति ९ बजे तिर आएको हावाहुरीको समयमा स्थानीय छेदीलाल ठाकुरको घरमा आगो लागेको हो । आगलागीबाट ठाकुरको घर तथा घरमा भएको सम्पूर्ण सरसमान, गर गहना, अन्नको साथै चौपाया लगायत नगद समेत पुर्णरुपमा जलेर नष्ट भएको स्थानीय गजेन्द्र ठाकुरले बताएका छ्न् ।
आगलागीका कारण ठाकुरको परिवार अहिले बिच्चलीमा परेका छन् । आफुहरुको सम्पूर्ण धनमाल जलेर नष्ट भएपछि ठाकुर परिवारले सहयोगका लागि अपिल गरेका छन् ।