हावाहुरीले उडायो स्कुलको छाना देखि घरको पर्खाल सम्म

हावाहुरीले उडायो स्कुलको छाना देखि घरको पर्खाल सम्म

पथरी, मोरङको पथरी शनिश्चरे नगरका स्कुल र दर्जनौं घरमा हावाहुरीले क्षति पु¥याएको छ ।

गएरातीको हावाहुरीले नगरको वडा नं. ५ मा रहेको बालआदर्श स्कुलको छाना सहित सम्पूर्ण संरचना ढालेको छ । वडाका दर्जन बढि घरहरुमा भौतिक क्ष्ँति पु¥याएको वडा अध्यक्ष जोग बहादुर धिमालले जानकारी दिनुभयो । वडाको विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । आधा दर्जन विद्युत पोलहरु हुरीका कारण भाँचिएका छन् ।

यस्तै वडा नं. ४ को कुशलचोक क्षेत्रमा पनि हावाहुरीले क्षति पु¥याएको छ । हावाहुरीले त्यहाँकी गीता ठकुरीको इँटाको पर्खाल भएको घर पूर्णरुपमा भत्काएको छ । राती सुतिरहेको अवस्थामा छानो समेत उडाएर पर्खाल भत्किदा ठकुरी र उहाँका छोरा आयुशलाई चोट समेत लागेको छ ।

त्यसका साथै सो वडाका जानुका तामाङ, कालिबहादुर वस्नेत, पार्वता श्रेष्ठ, लीला आचार्य, मोहन निरौलाको घरको छानो उडाउनुका साथै बेराबारामा समेत क्षति पुगेको छ । शिव श्रेष्ठको फर्निचर उद्योगको छानो उडाएको र ब्राइट सनराइज स्कुलको झ्यालको शिशा फुटेको छ ।

त्यसैगरी, वडा नम्बर ६ मा बालकेन्द्रको छानो उडाएको र रुद्रबहादुर कटुवालको घरको समेत छानो उडाएको छ ।

वडा नम्वर १० को जागृति टोलको मुहसरवस्तीका २ घर, जिरिखिम्तीको जनक खड्काको कुखुरा फारमको छानोमा क्षति पुर्याएको छ । वडाहरुमा अन्य घरहरुमा पनि हावाहुरीले सामान्य क्षति पुर्याएको छ । मकैबालीमा समेत क्षति पुगेको छ ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, सम्वन्धित वडाका वडाध्यक्ष सहितका जनप्रतिनिधि र प्रहरीको टोलीले क्षतिको अवस्थाको अवलोकन गरेको छ ।

सम्बन्धित खवर