सिरहा थप ५ जनामा कोरोना संक्रमित पुष्टी

सिरहा थप ५ जनामा कोरोना संक्रमित पुष्टी

राजेन्द्र महतो, लहान

सिरहामा ५ जना थप कोरोना संक्रमित पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबको अनुसार भगवानपुर गाउँपालिका वडा नं. ४ को ४ जना ३६, २६, २९, ३७ वर्षिय पुरुष र नवराजपुुर गाउँपालिकाको १ जना गरी जम्मा पाँच जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमित पुष्टी भएकाहरुलाई धनगडीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसुलेसनमा राखिएको छ । यो संगै सिरहामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर