अनुगमन सँगै समस्या पहिचान र समाधान खोज्दै : सांसद पहारी

अनुगमन सँगै समस्या पहिचान र समाधान खोज्दै : सांसद पहारी

पोखरा: कोरोनाको कहर सँगै लकडाउनले विश्व नै तहस नहस भएको बेला कास्की ३(ख) बाट निर्बाचित सांसद राजिब पहारी यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा ब्यस्त देखिनु भएको छ।

यो विषम परिस्थितिमा आफ्ना मतदाताको घर दैलोमा पुगेर समस्या बुझ्दै पहिचान गरेर समाधान गर्ने सांसद पहारीको मुख्य उद्देश्य रहेको छ। त्यस्तै क्रममा आज अन्नपुर्ण गाउँपालिका ३ पाउँदुरमा निर्माणाधीन लक्ष्मी देउराली, धारापानी रानीथोक ग्रामिण सडकको अनुगमन गर्नु भएको छ।

संघ र प्रदेशबाट गरि साढे ३७ लाख रुपैयाँको कुल बजेटमा बन्दै गरेको उक्त सडकको काम आफुले सोचे भन्दा राम्रो सगँ भएको सांसद पहारीको भनाई छ। काम राम्रो गर्नु भएको रहेछ खुशी लाग्यो बाँकी कामलाई समयमै सम्पन्न गर्नुस, आबश्यक पहल कदमी चाल्न सधै प्रतिबद्ध छु सांसद पहारीले उपभोक्ता समिती सँग भन्नू भयो।

लकडाउनको प्रवाह नगरी स्थानिय जनशक्ती प्रयोग गरेर निर्माण कार्य चलिरहेको उक्त सडकमा सोलिङको काम सकिएको छ भने ३० लाख बारबरको रकम खर्च भइसकेको उपभोक्ता समितिका अध्यक्ष फडिन्द्र प्रसाद पौडेलले अनुगमनको क्रममा वताउनु भयो। उहाँका अनुसार पुरै सडक निर्माण गर्न अझै २ करोड रुपैँया लाग्ने छ। र त्यसको लागि आबश्यक पहल गर्न सांसद पहारीलाई उहाँको आग्रह छ।

मुख्यमन्त्री बाताबरण मैत्री नमुना गाउँको पनि सांसद पहारीद्वारा अनुगमन

सांसद पहारीले अन्नपुर्ण ३ पाउँदुरमा संचालित मुख्यमन्त्री वातावरण मैत्री नमुना गाउँ कार्यक्रमको पनि अनुगमन गर्नु भएको छ। उक्त कार्यक्रम अन्तर्गत कृषि जन्य बस्तुको उत्पादन भइरहेको छ। जसमा अघिल्लो बर्ष २३ र यो बर्षमा २९ ओटा प्लास्टिक टनेल निर्माण भएर पुर्ण रुपमा विभिन्न प्रकारका तरकारीहरु उत्पादन भइरहेका छन। त्यस्तै भकारो सुधार कार्यक्रम पनि उक्त कार्यक्रम मार्फत भईरहेको स्थानिय कृषकहरुको भनाई छ।

आफुहरुले अगार्निक तरकारीहरु उत्पादन गर्दा भोग्नु परेका समस्याहरुको बारेमा कृषकहरुले सांसद पहारीलाई जानकारी गराएका छन। रासायनिक मल र बिषहरु प्रयोग गरेर उत्पादन भएको तरकारीको तुलनमा स्थानिय स्तरमा उत्पादन भएका तरकारी निकै महँगो हुने त्यस अनुसारको मूल्य आफुहरुले नपाउने दुखेसो कृषकहरुको छ।

त्यस्तै उत्पादन तरकारीहरुको बजार ब्यबस्थापनको अभाबले बारीमै कुहिएर गाड्नु परेको, यातायातको असुविधा र प्राबिधिक जनशक्तिको अभाबमा परम्परागत प्रणालीमा तरकारी खेती गर्नु परेकोमा आफुलाई समस्या भएको पनि सांसद पहारी सँग कृषकहरुले गुनासो गरेका छन।

कृषकहरुका सुनेपछी सांसद पहारीले पोखरा लगायतका ठाउँमा भारतबाट करोडौं रुपैयाँको तरकारी आउने तर स्थानिय स्थानिय स्तरमा उत्पादित तरकारीले बजार नपाउनुले एकदमै ठूलो जटिलता थपिएको बताउदै भारतबाट तरकारी मात्र नभइ बीष र रोग पनि भित्रीने भएकाले तत्काल स्थानिय तरकारीलाई उपयुक्त बजारको ब्यबस्थापन गर्ने बताउनु भयो। “तपाईंहरुले ढुक्क सँग उत्पादन गर्नुस बजार ब्यबस्थापन गर्ने मेरो जिम्मेवारी छ र हो गर्छु पनि” सांसद पहारीले कृषकहरु सँग भन्नू भयो। सँगै प्राबिधिक जनशक्ती र यातायातको साधनको पनि ब्यबस्थापन गरि कृषकहरुलाई उत्पादनमा प्रोत्साहन गर्ने सांसद पहारीको भनाई छ।

सम्बन्धित खवर