हवाहुरीले रौतहटको गरुडामा लाखौँको क्षति

हवाहुरीले रौतहटको गरुडामा लाखौँको क्षति

विवेक शर्मा, रौतहट

गए रातिको हावाहुरीले गर्दा रौतहटमा लाखौंको क्षति भएको छ । रौतहट जिल्लाको गरुडा नगरपालिका वार्ड नं. २ को गेडही गुठीटोलमा हावाहुरीका कारण लाखौंको क्षति भएको हो ।

हावाहुरीका कारण केही व्यक्ति घरबार बिहिन भएका छन् । केही घरहरुमा पूर्ण रुपमा क्षति भएको हो ।

गरुडा २ निवासी नन्दन सहनीले बनाउदै गरेको पशु फारमको घर भत्कीदा लगभग ३ लाख ५० हजारको क्ष्ँति भएको उनका छोरा अनिल सहनीले बताए । ४ कठ्ठा खेत लिजमा लिएर पशुपालनका लागि बनाउदै गरेको फाराम भत्किएको सहनीले बताए । प्रति कठ्ठा १० हजारका दरले लिजमा लिइएको खेतको ४० हजार भुक्तानी समेत गरिसकेको सहनीले बताए ।

यस्तै सोही वडाका उपन्द्रि सहनीको पनि घर भत्किदा १ लाख बराबरको क्षति भएको सहनीले बताए ।

सम्बन्धित खवर