मोदीसँग टेबुलमा नक्सा राखेर कुरा गर्ने हैसीयत राख्छु: गगन थापा

मोदीसँग टेबुलमा नक्सा राखेर कुरा गर्ने हैसीयत राख्छु: गगन थापा

काठमाडौं : नेपाली काग्रेसका युवा नेता गगन थापाले सरकारले नेपालको नक्सा जारी गरेको विषयमा आफु प्रधानमन्त्रीसँग अडिग रहको बताएका छन् । नक्सा आएको र अब भुमि फिर्ता ल्याउँनको लागी संसदबाट संकल्प प्रस्ताव पारित गर्नुपर्ने पनी थापाले बताए ।

एक टेलीभिजनसँगको अन्तवार्ताका क्रममा थापाले आफुले भारतीय प्रधानमन्त्री मोदीसँग सिधा टेबुलमा बसेर नक्सा देखाएर बहस गर्न सक्ने ल्याकत राख्ने पनि बताएका छन् । नेपाली काग्रेसका युवा नेता धरैले आशा गरिएका नेता तपाई अलि वढि विदेशी सँग हेलमेछ भनेर मानिसले शंका गर्छन नी!भन्ने प्रश्नको जवाफ दिँदै थापाले आफु खुल्ला किताव भएको र जे जे गरिन्छ खुल्ला खुल्ला गरिन्छ भनेका छन् । कोठा भित्र लुकेर गरिने कुरा भन्दा खुल्ला खुल्ला गरिने कुरामा विश्वास हुने पनि थापाले बताएका छन् ।

‘डोनाल्ड टम्प सँग पनि सिधा  कुरा गर्ने हैसियत राख्छु ,मोदीले बोलाए भने टेवुलमा नक्सा राखेर कुरा गर्न सक्छु सि ले बोलाए भने त्यहाँ गएर पनि कुरा गर्न सक्छु त्यो मेरो हैसियत छ’ थापाले भनेका छन् ।

सम्बन्धित खवर