लकडाउनलाई कडाई गर्न अनुगमन

लकडाउनलाई कडाई गर्न अनुगमन

पथरी, कोरोना भाइरसको दिनदिनै जोखिम बढिरहेपछि स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेकाले झनै स्वास्थ्य सतर्कता अपनाएर घरभित्र वस्न अनुरोध गर्दै पथरी शनिश्चरे नगरपालिका कार्यालयले अनुगमन् गरिरहेको छ ।

यस क्रममा आज नगर उपप्रमुख यमुना विष्ट वास्तोला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, प्रहरी, प्रहरीको साथी म सहितले पथरी बजार र आसपास क्षेत्रमा लकडाउनको कडा रुपमा पालना गर्न अनुरोध गर्दै अनुगमन् गरेको हो ।

पथरी बजारमा रहेका सब्जी पसलहरुलाई साँघुरो क्षेत्रबाट हटाएर विभिन्न चोकमा भिडभाड नहुने हिसावले फराकिलो गरी राख्ने कामको विहान अनुगमन् भएको छ । पथरी बजार क्षेत्रमा भिडभाड भएकाले पहिलेदेखि सब्जी पसल गर्दै आएकाहरुले वडामा नाम दर्ता गराएर अनुमति लिएपछि मात्र पसल सञ्चालन गर्ने विधि बनाइएको छ । सो अनुरुप बुद्घचोक, मन्दिर लाईन, शिखरचोक, यलम्बरचोक, रत्नचोक र हाटखोला कृषि बजार क्षेत्रमा छरिएर मात्र सब्जी पसल राख्न वडा कार्यालयले निर्देश गरेको छ ।

कम्तिमा डेढ मिटरको सामाजिक दुरी कामय गरी मास्क, ग्लोब लगाई साबुनपानीले हात धोएर तथा सेनिटाइजरको प्रयोग गरी अन्त्यन्तै स्वास्थ्य सतर्कता अपनाएर विहान ७ देखि विहान १० बजेसम्ममात्र खाद्यान्न, सागसब्जी, औषधि जस्ता अत्यावश्यक सामग्रीका पसल सञ्चालन गर्न नगरले अनुमति दिएको छ ।

सम्बन्धित खवर