यो इतिहासको पाङ्ग्रा घुमाउने निकै खतरनाक कोसिस हो : चिनियाँ विदेश मन्त्री

यो इतिहासको पाङ्ग्रा घुमाउने निकै खतरनाक कोसिस हो : चिनियाँ विदेश मन्त्री

काठमाण्डौ – चिनियाँ विदेश मन्त्री वाङ यीले अमेरिका भित्र केही राजनीतिक शक्तिले चीन–अमेरिका सम्बन्ध आफ्नो फाइदाको लागि गलत दिशामा डोर्‍याइरहेको र दुवै देशलाई शीत युद्धमा धकेलिरहेको बताएका छन् ।

चिनियाँ विदेश मन्त्री यीले आइतबार पत्रकार सम्मेलनमा भने, ‘यो एक खतरनाक कोसिस हो, जसले हामीलाई पछि लैजाने छ । चीन आफ्नो सम्प्रभुताको रक्षा गर्नेछ र प्रगतिको बाटोमा अघि बढ्ने अधिकार पनि छ । अमेरिकामा परिवर्नलाई लिएर चीनको कुनै चासो छैन र अमेरिकाले चीनको प्रगतिको बाटोमा अघि बढ्नबाट रोक्न सक्दैन ।’

‘अमेरिकाको केही राजनीतिक शक्तिले चीन–अमेरिका सम्बन्ध आफ्नो हत्केलामा लिएको छ र यसले दुवै देशलाई शीत युद्धतर्फ धकेलिरहेको छ । यो इतिहासको पाङ्ग्रा घुमाउने निकै खतरनाक कोसिस होु, उनले भने ।

वाङले चीन र अमेरिकाको राजनीतिक व्यवस्था छुट्टै रहेको र यो दुवै देशका नागरिकहरुको इच्छा अनुसार तय भएको बताए ।

उनले भने, ‘ऊ आफ्नो मार्गबाट हटिरहेको छ, तर यसको अर्थ सहयोगको कुनै सम्भावना नभएको भने होइन । दुई पक्षबीच विश्वका कैयौँ ठूला मुद्दामा सल्लाह र चर्चाको आवश्यकता छ ।’

उनले चीन र अमेरिकाबीच सहयोगको परम्परा रहेको र यो कोरोना सङ्कटको दौरान पनि भएको बताए ।

उनले भने, ‘कोभिड–१९ सुरु हुने समय हामीले मेडिकल उपकरण एकअर्कालाई सहयोग गरेको थियौँ । १२ अर्बभन्दा धेरै मास्क अमेरिका पठाइसकिएको छ । तर दुःखको कुरा यो हो कि अमेरिकामा राजनीतिको भाइरस फैलिरहेको छ ।’

वाङले चीन र रुसले यो राजनीतिक भाइरसविरुद्ध एक अभेद्य किला बनाएको र आफ्नो रणनीतिक तालमेलको शक्ति पनि प्रदर्शित गरेको बताए । उनले भने, ‘रुस र चीनले कोभिड–१९ को दौरान एकअर्काको सहयोग गरेका छन् । जबसम्म हामी दुई मिलेर काम गरिरहन्छौँ तबसम्म हामी विश्वमा विविधताको रक्षा गरिरहनेछौँ, शान्ति र न्यायको रक्षा गरिरहनेछौँ ।’

सम्बन्धित खवर