प्रहरीद्वारा गुट्खा बरामद

प्रहरीद्वारा गुट्खा बरामद

हेटौँडा : प्रहरीद्वारा गुट्खा बरामद
मकवानपुरका कठमाडौँबाट सप्तरीको राजविराज जाँदै गरेको एक ट्रकबाट ५० बोरा गुटखा प्रहरीले आज बरामद गरेको छ । अत्यावश्यक औषधि ढुवानी लेखिएका ट्रकमा जाँच गर्दा रु १८ लाख मूल्य बराबरको गुटखा बरामद गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

प्रहरी निरीक्षक अरुण कुसवाहले पशुपति ट्रान्सपोर्टले काठमाडौँबाट सप्तरीको राजविराजका लागि पठाएको सो ट्रकबाट गुटखा बरामद भएको जानकारी दिनुभयो । केही मात्रामा औषधिजन्य वस्तु मात्र रहेको उक्त ट्रकमा अत्यधिक मात्रामा चकलेट र मोबाइलको इलेक्ट्रोनिक पार्टसहरु रहेको प्रहरीले जनाएको छ । बरामद भएका वस्तुसहित ट्रकलाई कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको छ ।

सम्बन्धित खवर