एकल महिला र अपाङ्गले पहिला जस्तै भत्ता पाउनुहुन्छ, ऐन संशोधन गर्दैछौं– सांसद विद्या

एकल महिला र अपाङ्गले पहिला जस्तै भत्ता पाउनुहुन्छ, ऐन संशोधन गर्दैछौं– सांसद विद्या

कास्की : कास्की निर्वाचन क्षेत्र नम्बर २ कि सांसद विद्या भट्टराई अधिकारीले एकल महिला र अपाङ्ग भएका व्यक्तीले पहिला जस्तै सामाजिक सुरक्षा भत्ता पाउने बताएकी छन् ।

पहिले जसरी भत्ता उपलब्ध हुन्थ्यो त्यसै गरी भत्ता वितवरण गर्न ऐन संशोधन तयारी भैसकेको जानकारी दिदैं सांसद भट्टराईले केही समय धैर्य गर्न आग्रह गरेकी छन् ।

सामाजिक सुरक्षा ऐन २०७५ मा ६० बर्ष भन्दा मुनीका एकल र अपाङ्गता भएका व्यक्तीको हकमा आर्थिक हैसियत कमजोर भएका भन्ने परेकाले अहिले भत्ता वितरणमा समस्या भएको भन्दै उनले सरकारले त्यो ऐन संशोधनको प्रकृया सुरु गरी सकेको बताईन । ‘यो ऐन संशोधन हुन्छ,’ विद्याले समाधानसंग भनिन् ।

कास्कीबाट प्रमिला तझ्या, दुर्गा न्यौपाने र काठमााण्डौंबाट लिली थापाले फोन गरेपछि आफुहरुले पहल गरेको उनले बताइन् । ‘बृन्दा पाण्डे, म लगायतले गृह सचिव, कानुनमन्त्री, महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्री, नेकपाका संसदीय दलका उपनेता लगायतलाई भेटेर छलफल गर्यौं ।’ अधिकारीले भनिन्– ‘उहाँहरुले समस्या बुझिहाल्नु भयो र अहिले ऐन संंशोधनको प्रकृया सुरु भैहाल्यो ।’

महिला तथा सामाजिक समितिले पनि याे ऐन संंशोधनको लागि सरकारलाइ निर्देशन दिइसकेकाे छ । गत चैत ३ गते सरकारले राजपत्रमा प्रकाशन गरेको सामाजिक सुरक्षा नियमवालीमा आर्थिक हैसियत भएका वर्गले पाउने गरेको भत्ता कटौती गर्ने उल्लेख छ । विभागले स्थानीय तहलाई गरेको परिपत्रमा ६० वर्षमुनिका एकल महिलालाई सरकारले न्यूनतम आयको मापदण्ड नतोक्दासम्म भत्ता रोक्न भनिएको छ । त्यसै आधारमा भत्ता देशैभर भत्ता रोकिएको छ ।

पोखरा महानगरसँग नीलो कार्ड भएका अति अशक्तको तथ्यांक भएपनि ६० वर्षमुनिका एकल महिला कति छन् भन्ने तथ्यांक छैन । महानगरका पञ्जीकरण महाशाखा प्रमुख चन्द्रकान्त तिमिल्सिनाका अनुसार पोखरामा ७ हजार ७ सय ५४ एकल महिलाले भत्ता लिने गरेका छन् । तर, नयाँ परिपत्रअनुसार करिब ३६ सय एकल महिलाले अन्तिम किस्ता नपाउने अनुमान छ ।

सरकारले ल्याउन खोजेको नीति ठिक भएपनि अहिले को आर्थिक हैसियत भएको र को आर्थिक हैसियत नभएको भन्ने पहिचान गर्ने मापदण्ड नभएकाले तत्कालका लागि सबैले पाउने व्यवस्था हुन थालेको सांसद अधिकारीले बताइन ।

सम्बन्धित खवर