पूर्व युवराज पारसको गाडीले गोरुलाई दियो ठक्कर

पूर्व युवराज पारसको गाडीले गोरुलाई दियो ठक्कर

पाेखरा : पूर्वयुवराज पारस शाह यतिबेला पोखरामा छन् । पोखरामै रहेका बेला हृदयाघात भयो भन्ने खबरले उनी चर्चामा आएका बेला उनले सार्वजनिक गरेको भिडियो झनै चर्चामा आयो ।

त्यसपछि फेवा किनारका जलारी परिवारलाई राहत वितरण गरेको भिडियो पनि चर्चामै रह्यो । चर्चामा आइरहने पारस शाह फेरि अर्कोपटक चर्चामा आएका छन्, उनी चढेको गाडीले शनिबार मध्यरातमा गोरुलाई ठक्कर दियो । बिहानपख पौन २ बजेतिर भएको घटनामा गोरु मरे पनि गाडी र गाडीमा सवारलाई भने केही भएको छैन ।

पारस चढेको बा १४ च २१३१ नम्बरको गाडीले पृथ्वीचोकमा गोरुलाई ठक्कर दिएको हो । त्यतिबेला गाडीमा पारससहित ३ जना थिए । वडा प्रहरी कार्यालय बैदामका डिएसी यादव ढकालले गाडीमा पारस साह भए पनि अशोक गुरुङले हाँकेका थिए ।

घटना हुँदा उक्त गाडीभित्र पारस शाहसहित जना ३ व्यक्ति सवार थिए । तर, गाडी भने पारस शाहले भने नचलाएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका डिएसपी ढकालले उक्त गाडी अशोक गुरुङले चलाएको जानकारी दिए ।

दुर्घटनापछि चालक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकवाहेक २ जना प्यासेन्जर गाडीमा रहेको र उपचारका लागि अस्पताल जाने क्रममा दुर्घटना भएका डिएसपी यादवको भनाइ थियो । दुर्घटना चालकले गराएको हुनाले प्यासेन्जर को थिए भन्ने प्रहरीले चासो नदिएको उनले बताए ।

सम्बन्धित खवर