राजेन्द्र महतो, लहान
नेपाल पत्रकार महाहसंघ सिरहाका कोषाध्यक्ष पत्रकार मनोज बनैतामाथि प्रहरीले शुक्रबार दुव्र्यवहार गरेको छ । गाउँबाट लहानतर्फ आउने क्रममा लहानमा प्रहरीले मोटरसाइकल रोकेर दुव्र्यवहार गरेको पत्रकार बनैताले बताएका छ्न्।
बनैतालाई लहानमा प्रहरीले मोटरसाइकल रोकेर चाबी खोसी गाली गलौज गर्दै असई आरएन यादवले आफूमाथि दुव्र्यवहार गरेको उनले बताएका छन् । आफू संचारकर्मी भएको कार्ड देखाउँदा देखाउँदै पनि असई यादवले चाबी खोसेर गालीगलौज गरेको पत्रकार यादवले बताए ।