मैदी तालमा माछाका भुरा छाडियो

मैदी तालमा माछाका भुरा छाडियो

रामशरण नेपाली

पाेखरा : पोखराको वडा नं. २८, ३० र ३१ मा पर्ने मैदीतालमा शुक्रबार माछका भुरा छाडिएको छ । मैदी तालक्षेत्र संरक्षण तथा विकास समाजले तालमा शुक्रबार मात्रै ७२३ किलो माछाका भुराहरु छाडेको हो ।


माछाका भुरा तालमा छाडेर शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष श्रीराम पोख्रेलले साविक लेखनाथ नगरपालिका भित्र रहेका तालहरु महानगरकै गहनाहरु भएको वताउँदै यस मध्ये मैदी ताल पनि एक भएको र यसको सदुपयोग र विकासको माध्यमबाट आय आर्जनमा पनि ठुलो सधाउ पुग्न सक्ने वताएका थिए ।


कार्यक्रममा मैदी तालक्षेत्र संरक्षण तथा विकास समाजका अध्यक्ष भरतराज न्यौपानेले तालमा बिहिबार २१९ केजी, शुक्रबार ३१० केजी ठुला साईजका भुराहरु छाडिएको र अब १९४ केजी भुरा छाडिने वताए । न्यौपानेले तालक्षेत्रमा क्रमिक रुपमा १ लाख ५३ हजार मुल्य बराबरका साना साईजका भुरा पनि छाडिने वताए ।

माछाका भुराको लागि माछापुच्छ«े विकास संघ को हरियो वन कार्यक्रम मार्फत १४ लाख ७० हजार अनुदान सहयोग प्राप्त भएको पनि जानकारी दिए । कार्यक्रममा समाजका सल्लाहकार रामकृष्ण त्रिपाठी, सदस्य दुर्गा अधिकारी लगायतले पनि आफ्नो भनाई राखेका थिए ।

मैदी तालक्षेत्रमा हाल तालको पुरानो सिमाङ्कन ट्रयाकमा १ मिटर माटो थप्ने, माछापोखरीहरु निर्माण गर्ने, ट्रयाकको छेउमा वृक्षारोपण गर्ने लगायतका कार्यहरु सम्पन्न भईसकेको छ भने तालमा १ मिटरसम्म पानी थुन्न मिल्ने गरि चेक ड्याम निर्माणको कार्य जारी छ ।

यसको लागी डब्लु डब्लु एफ अन्र्तगत माछापुच्छ«े विकास संघले १४ लाख भु–तथा जलाधार क्षेत्र दमौलीले २० लाख र अन्नपुर्ण संरक्षण क्षेत्र हरियोखर्क पोखराले १८ लाख अनुदान सहयोग गरेको छ ।

गत माघ २८ गतेबाट सञ्चालन भएको कार्य लकडाउनका कारण विचमा स्थगित भएको थियो भने चैत्र २६ गतेबाट सामाजीक दुरी कायम गर्ने गरी पुनः सञ्चालन गरिएको छ ।

सम्बन्धित खवर