स्वदेश फर्किने क्रम बढेसँगै सिरहामा आरडिटी र पिसिआर किटको अभाव

स्वदेश फर्किने क्रम बढेसँगै सिरहामा आरडिटी र पिसिआर किटको अभाव

राजेन्द्र महतो, लहान

भारतबाट दैनिक नेपाली स्वदेश फर्किने क्रम बढेसँगै सिरहामा कोरोना भाइरसको परीक्षणका लागि आवश्यक पर्ने आरडिटी र पिसिआर किटको अभाव भएको छ ।

बरियारपट्टि गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले भारतबाट स्वदेश फर्कन सीमा क्षेत्रमा आउने गरेको बताए । उनले भने ‘हामीले दैनिक सीमा क्षेत्रमा आइपुगेकालाई क्वारेन्टाइनमा ल्याएर राख्छौँ तर किटको अभावमा कोरोना जाँच नहुँदा समस्यामा परेको छ’ ।

महतोले क्वारेन्टाइनमा बसेकालाई खाने तथा बस्नेलगायत सबै व्यवस्था क्वारेन्टिनमा मिलाइए पनि किटकै अभावमा जाँच गर्न नसक्दा स्थानीयवासीबाट समेत चिन्ता र दबाब आउने गरेको दुखेसो पोखेका छ्न् । सिमा क्षेत्रबाट हिजोसम्म ७४ जनालाई ल्याएर गाउँपालिकाको क्वारेन्टाइनमा ल्याएर राखेको तर जाँचै नगरी ३४ जनालाई औरही गाउँपालिका र २४ जनालाई लक्ष्मीपुर पतारी पठाएको बताए । किट अभाव भएपछि जिल्ला स्वास्थ्य कार्यालयसँग किट माग गर्दै आए पनि अहिलेसम्म उपलब्ध नभएकाले समस्यामा परेको बताएका छ्न्।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बिष्णुदेव यादवले
स्वदेश फर्किनेलाई जिल्लाको विभिन्न मुख्य नाकामा रहेका क्वारेन्टाइनमा राख्ने गरिए पनि आरडिटी किट नहुँदा कोरोना परीक्षण गर्न कठिनाइ भएको बताएका छन्।

वहाँ ले सिरहाको प्रमुख सिमावर्ती नाका ठाडी इनर्वा (भगवानपुर), बरियारपट्टि, माडर र नवराजपुर लगायतबाट दैनिक २५ जनासम्मलाई ल्याएर जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा राख्ने गरेको बताए । उनले भने ‘क्वारेन्टाइनमा किट नहुँदा जाँचबिना नै सम्बन्धित जिल्ला र पालिकामा पठाउने गरेका छौँ।’

विगत एकसाताको अवधिमा भारतबाट फर्किएका ५९८ जनालाई जिल्लाका विभिन्न नाकाबाट ल्याएर विभिन्न स्थानको क्वारेन्टिनमा राखेको तर कोरोना परीक्षण गर्ने आरडिटी किट अभाव भएकाले जाँच गर्न सकिरहेका सकिएको छैन् । किट भएको भए आरडिटी जाँच गरेर नेगेटिभ रिपोर्ट आउनेलाई सम्बन्धित पालिकामा पठाउँथ्यो, पोजेटिभ आएकालाई पिसिआर परीक्षणमा पठाउँथ्यौँ तर किट नै नभएकाले जोखिम बढेको समेत उनले बताए ।

स्वास्थ्य प्रमुख यादवले जिल्लामा पटक पटक गरी करिब ८०० आरडिटी किट आएको थियो, ८०० किट सबै प्रयोग भइसकेको छ, अब हामीसँग किट छैन । किट पठाइदिन प्रदेश नं २ को स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयसँग माग गरेको र आएपछि क्वारेन्टाइनमा आरडिटी जाँच अघि बढाउने बताएका छन । किटकै अभावमा जिल्लामा कोरोना परीक्षणको दर बढ्न सकेको छैन । हालसम्म सिरहामा ८७० जनाको पिसिआर परीक्षण भएको छ भने ५७० जनाको आरडिटी परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सो कार्यालयमा जाँच भएकामध्ये सखुवानन्कारकट्टि गाउँपालिका–१ मौवाही लतियाहीका ३० वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अन्य सबैको रिपोर्ट नेगेटिभ आएको र कोरोना सङ्क्रमण पुष्टि भएका युवकको कन्ट्र्याट आएका ४९ सहित २४२ जनाको स्वाब सङ्कलन गर्नुपरेकाले किट सकिएको बताएका उनले बताए।

सम्बन्धित खवर