पाकिस्तानमा १०७ जना सवार विमान दुर्घटना

पाकिस्तानमा १०७ जना सवार विमान दुर्घटना

काठमाडौं : पाकिस्तानमा यात्रु वाहक विमान दुर्घटना भएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ए–३२० मोडेलको विमान दुर्घटना भएको हो । ।

लाहोरबाट आएको विमान कराचीमा दुर्घटनामा भएको बीबीसीले जनाएको छ । राष्ट्रिय ध्वजावाहक पीआईएको विमान कराची एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

विमानमा चालक दलका सदस्यसहित १ सय ७ जना रहेको पाकिस्तानका सुरक्षा अधिकारीहरुले जनाएका छन् । विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडियाे र तस्बिर सामाजिक सञ्जालमा राखिएको छ ।

सम्बन्धित खवर