नेपालमा थप ३० जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या ४८७ पुग्यो

नेपालमा थप ३० जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या ४८७ पुग्यो

काठमाडौं : नेपालमा ३० जना कोरोना सङ्क्रमित थपिएका छन् । परीक्षणका क्रममा नवलपरासी (वर्दघाट सुस्ता पूर्व), चितवन, नवलपरासी, कपिलवस्तु, सर्लाहीमा गरी ३० जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडा, चितवनमा गरिएको परीक्षणका क्रममा शुक्रबार नयाँ ३० जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो ।


सङ्क्रमित देखिएका व्यक्ति नवलपरी (वर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी, सुस्ता गाउँपालिका ५ र रामग्राम नपा ३ ३ १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरु, १५ वर्षीय महिला, कपिलवस्तु वाणगंगा नगरपालिका मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु र ८ वर्षीय बालिका, सर्लाही गौडैता नगरपालिका ८,९,१३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५,२५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरु र १८ वर्षीय महिला पुरुष रहेका छन् ।

मन्त्रालयका सहप्रवक्त्ता डा समिरकुमार अधिकारीका अनुसार सङ्क्रमितको ३९ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।

यो सँगै संक्रमितको संख्या ४८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर