विवेक शर्मा, रौतहट
हाम्रो सानो प्रयास अभियान काठमान्डौको सहयोगमा तथा सृजनात्मक समाज कल्याण केन्द्रको आयोजनामा राहत बितरण भएको छ । अति विपन्न, असहाय तथा गरिव परिवारलाई राहहत वितरण गरिएको हो ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड न २ तथा गढीमाई नगरपालिकाको विनगरा टोलमा पहिलो चरणको राहत वितरण गरिएको सृजनात्मक समाज कल्याण केन्द्र नेपालको अध्यक्ष रामसोगारथ शर्माले जानकारी दिनुभयो ।
विश्व भरी महामारीको रुपमा फैलिएको कोरोनाको कारणले गर्दा देश २ महिना देखि बन्दाबन्दी अवस्था रहेको छ । यस्तो अवस्थामा यहाँ ज्यालादरी गरी खाने व्यक्तिहरुलाई सक्दो सहयोग गर्न तथा आफुले एउटा सानो प्रयासको थालनी गरेको अध्यक्ष शर्माको भनाई रहेको छ ।
टोलका अतिविपन्न ६० घरपरिवारलाई राहत वितरण गरिएको हो । २० केजी चामल, १ केजी स्वाबीन तेल, १ केजी नुन, ५ केजी आलु २ पिस हाथ धुने साबुन राहत वितरण गरेको विवेक शर्माले जानकारी गाराउनुभएको छ । हाम्रो सानो प्रयासले काठमान्डौमा आज महिनौ देखि भोका, गरिव, असहाय व्यक्तिहरुलाई खाना खुआउने अभियान संचालनमा राखेको टिमको सदस्य पुकार भामले जानकारी दिनुभयो । आगामी दिनमा फेरी पनि तराइका जिल्लाहरुमा सहयोग गर्न तत्पर रहेको भामले बताउनुभयो।
राहत पाउनेहरुमा एकल महिला, अनाथ बालबालिका, एकल पुरुष, ज्यालादारी गरेर खाने व्यक्तिहरु रहेका छन् ।