कास्की : पोखरा – ६ लेकसाइडमा बिहीबार बेलुका स्थानीयहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका छन्।
पर्यटकीय स्थल लेकसाइडमा आफुहरु स्थानीयले नयाँ नक्सा सार्बजनिक गरिएको खुसीयाली मनाउँदै औपचारिक दीप प्रज्ज्वलन कार्यक्रम गरिएको स्थानीय तिलक अधिकारीले प्रदेश दैनिकसँग बताए।
कुनै राजनीतिक दल वा कुनै संघ संस्थाको सर्कुलरमा नभइ स्थानीय मिलेर हामी नेपाली एक हौं भन्ने मुल नारालाई आत्मसाथ गर्दै उक्त कार्यक्रम गरिएको स्थानीय बिष्णु पहारीले बताए।