नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँके र कपिलबस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयको अध्यावधिक विवरण अनुसार कोभिड १९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४५७ पुगेको हो । भेरी अस्पताल, नेपालगंज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या तीन ९३० छ । जो बाँकेका नरैनापुर ३ निवासी ३२ वर्षीय पुरुष, खजुरा ३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष हुनुहुन्छ ।
हाल सम्म प्राप्त विवरण अनुसार उहाँहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ ।