नगरले होल्डिङ स्थल बनाउने

नगरले होल्डिङ स्थल बनाउने

पथरी, नगरमा पनि कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै जानसक्ने अवस्थालाई मध्यनजर गर्दै मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले १० बेडको होल्डिङस्थल बनाउने भएको छ ।

नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको बैठकले पथरी बहुमुखी क्याम्पसमा १० बेडको होल्डिङस्थल बनाउने निर्णय गरेको नगर प्रमुख दिलीपकुमार राईले जनाउनु भयो ।

नगर कार्यपालिकाको हिजोको बैठकले नेपाल बाहिरबाट आएकाहरुकालागि क्वारेन्टाइनमा जानु अघि तत्काल छुट्टै र सुरक्षित राख्नका लागि होल्डिङ स्थल बनाउने निर्णय गरेको थियो । सोही अनुरुप समन्वय समितिले पथरी क्याम्पसको कोठालाई १० वटा बेडका रुपमा होल्डिङ स्थल बनाउने निर्णय गरेको हो ।

सम्बन्धित खवर