मन्त्री अर्याललाई गृह जिल्ला स्याङ्जामा स्वागतका लागी आतुर

मन्त्री अर्याललाई गृह जिल्ला स्याङ्जामा स्वागतका लागी आतुर

वालिङ : भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले ऐतिहासिक कार्य गरेको भन्दै नेकपा वालिङ नगरकमिटिले गृह जिल्ला स्याङ्जामा ऐतिहासिक स्वागतका निमित्त आतुर रहेको जनाएको छ ।

मुलुकको इतिहासमा लिपुलेक, लिम्पियाधुरा र कालापानी भुभाग समेटिएको अद्यावधिक (राजनितिक तथा प्रशासनिक ) नक्सा सार्वजानिक गर्न मन्त्री अर्याल सफल भएको भन्दै नेकपा नगरकमिटिले प्रेस विज्ञप्ती जारी गर्दै आभार तथा सम्मान प्रकट गरेको छ । नगर अध्यक्ष राजेन्द्र डुम्रेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘अरुले भनेर या देखाएर होईन् ।

आफ्नो कर्तव्य आँफै पहिचान गर्दै एक्लो प्रयासले गरेको सम्मानयुक्त कार्यहरु सरकारी जमिन भुमि दलालबाट खोस्ने, सगरमाथाको उचाई आँफै मापनगर्ने, मालपोत नापीमा हुने भ्रष्ट्राचारको जरो समातेर अन्त्यका लागी पहल गर्ने, गरिवी पहिचानका लागी तथ्यांक संकलन गर्ने, भुमिहिनलाई भुमीको मालिक बनाउने लगायतका दर्जनौँ निर्णय गर्ने मन्त्री अर्याललप्रति उच्च सम्मान तथा हार्दिक अभिनन्दन गर्दै स्याङ्जामा एतिहासिक स्वागतका लागी हातुर छौँ ।’

साथै मन्त्री अर्यालको नेतृत्वमा निर्माण भएको नेपालको पुर्ण पहिलो नक्सा मन्त्रीपरिषदबाट सबै ठाउँमा जारी गर्ने सर्कुलर र संविधानमा संसोधित नयाँ नक्सा राख्न संविधान संसोधन गर्ने निर्णय भएको भन्दै नेपाल सरकारप्रति सम्मान व्यक्त गर्दैै नेपाली भुमिबाट आरक्षित भारतिय सैनिकहरु हटाई नेपाली झण्डा फहराउने कार्यमा लागिरहन अपिल गरेको छ ।

यसअघि मंगलबार स्याङ्जाका विभिन्न स्थानमा दिप प्रज्ववलन गरिएको थियो । नेकपा स्याङ्जाले जिल्लाका विभिन्न स्थानमा नयाँ नक्सा जारी गर्ने निर्णय गरेकोले खुसीयाली सहित दिपावली गरेको हो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: