नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार संक्रमितको मृत्यु भएको खबर आएको छ । थप कुरा बुझ्ने काम भइरहेको छ ।
सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।
गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखि नै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो।
मृतक पेशाले शिक्षक रहेको र उनि कार्यरत विद्यालयमा क्वारेन्टिन भएकाले त्यहीँबाट उनलाई संक्रमण भएको आशंका गरिएको छ।
यससंगै नेपालमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी महिला र बाँकेका युवकको कोरोनाका कारण मृत्यु भएको थियो ।