भोली देखि पथरीका सबैखाले पसल बन्द गर्ने नगरको निर्णय

भोली देखि पथरीका सबैखाले पसल बन्द गर्ने नगरको निर्णय

पथरी, कोरोनाको जोखिम बढेपछि मोरङको पथरी शनिश्चरे क्षेत्रमा नगरपालिका कार्यालयले भोली बुधबारदेखि सवै पसल वन्द गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको मंगलबारको बैठकले नगरमा पनि कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो ।

बैठकले, विहान ६ देखि विहान १० बजेसम्म सञ्चालनमा आएका खाद्यान्न, सागसब्जी सहितका पसलहरु केही समयका लागि वन्द गर्ने तथा नगरको सिमा क्षेत्रमा प्रहरीमार्फत आवतजावतमा पूर्ण वन्देश लगाउने समेत निर्णय गरेको छ ।

यसका साथै, कोरोना संक्रमित हुनसक्ने आशंकामा रहेका कुनै व्यक्तिलाई क्वारेन्टिनमा पुर्याउनु अघिको तात्कालिन अवस्थामा सुरक्षित स्थलमा राख्ने व्यवस्था समेत मिलाउन नगरले व्यवस्थापन गर्ने निर्णय भएको नगर प्रमुख दिलीपकुमार राईले जनाउनु भयो । साथै उहाँले नगर क्षेत्रमा पनि कोरोनाको जोखिम बढ्दै गएकाले सवै नगरवासीलाई सजक भएर घरभित्रै बस्नका लागि आग्रह समेत गर्नुभयो ।

बैठकले, नगर र वडाका सम्झौता भएका योजनाहरु लकडाउनले सम्पन्न हुन नसकेकाले त्यस्ता योजनाको काम सम्पन्न गर्ने अवधि असार १५ गतेसम्मलाई तोकेको छ । साथै, नगरको जैविक मल पशुपंक्षीका लागि पोषणयुक्त आहाराको कार्यक्रमलाई वडाहरुमार्फत अघि बढाउने पनि निर्णय भएको छ ।

सम्बन्धित खवर