आज एकैदिन थपिए २७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४०२ पुग्यो

आज एकैदिन थपिए २७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४०२ पुग्यो

आज मंगलबार एकैदिन २७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४०२ पुगेको छ ।

विभिन्न जिल्लाहरुमा गरेर एकैदिन २७ जना कोरोना संक्रमित भेटिएको स्वाथ्य मन्त्रलयले नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

उनका अनुसार आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तु ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन्। उनीहरु २७ देखि ४२ वर्षका रहेको डा. देवकोटाले जानकारी दिनुभयो । ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन्। नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ३७ जना उपचारपछि निको भएका छन्।

डा. देवकोटाका अनुसार झापाका १ जना संक्रमित आज डिस्चार्ज भएका हुन्। उनी विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत थिए।

सम्बन्धित खवर