कैलालीबाट आएका १९ मध्ये ३ जना बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा

कैलालीबाट आएका १९ मध्ये ३ जना बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा

बागलुङ: भारतबाट कैलाली हुँदै बागलुङ आएका ३ जनालाई बागलुङ नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ ।

बानपा-१० भकुण्डेका ती नागरिकलाइ धौलागीरी प्राबिधिक शिक्षालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको बागलुङ नगरपालिकाका क्वारेन्टाइन तथा कोरोना नियन्त्रणका फोकल पर्सन दिनेश जिसीले वताए ।

बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा राखिएका तीन जना एकै परिवारका सदस्य हुन् । उनीहरु एकै परिवारका सदस्य श्रीमान श्रीमति र उनीहरुका ४ बर्षिया छोरी रहेको जिसीले वताए ।

उनीहरु मंगलवार विहान मात्रै बागलुङ बजार आइपुगेका हुन् । उनीहरुसंगै आएका अन्य १६ जना मध्ये २ जनालाई तमान गाउपालिका,  ८ जनालाई ढोरपाटन नगरपालिका र ६ जनालाई गल्कोट नगरपालिकामा पठाइएको छ ।

उनीहरुलाई बागलुङ  नगरपालिका र जिल्ला प्रहरी कार्यालयले समबन्धित पालिकासंग समन्वय गरेर पठाइएको छ । उनीहरुलाई समबन्धित पालिकाले नै क्वारेन्टाइनमा राख्नेछ ।

सम्बन्धित खवर