स्याङ्जाका क्वारेन्टाइन असुरक्षित

स्याङ्जाका क्वारेन्टाइन असुरक्षित

स्याङ्जा : जिल्लामा स्थानीय तहले स्थापना गरेको क्वारेन्टाइन असुरक्षित रहेका छन् । क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुबीच सामुहिक र जथाभावि रुपमा गफगाफ गर्ने सँगसँगै खानाखाने र सामाजिक दुरि कायम नगर्दा असुरक्षा बढेको हो ।

कोरोना संक्रमणलाई न्यूनिकरण गर्न जिल्ला बाहिरबाट आएकालाई कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएपनि बसाई असुरक्षित बनेको छ । भारतबाट आएका हुन वा काठामाडौं, चिवतन लगाएतका जिल्लाबाट आएका हुन् उनीहरु गफ गर्दा होस वा खाना खादा सामुहिक रुपमा बस्ने गरेको क्वारेन्टाइनमा बस्दै आएका पुतलीबजार नगरपालिका १ का दिबेश पौडेलले बताए ।

“क्वारेन्टाइनमा २३ जना छौं, हामीहरुलाई छुट्टाछुट्टै बस्न अनिवार्य गरिएको छैन् ।” स्थानीय त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा बस्दै आएका पौडेलले भने, “हामी त गफगाफ गर्दा होस वा खाना खादा सँगसँगै खाने गरेका छौं ।”

क्वारेन्टाइनमा बस्दै आएकालाई घरपरिवारका अन्य सदस्यहरु खाजा खाना ल्याउने गरेको सुनाउँदै पौडेलले भने, “बाहिरबाट आएका व्यक्तिहरु पनि क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुसँगै सामुहिक रुपमा बस्ने कुराकानी गर्ने समेत गरेका छन् ।”

क्वारेन्टाइनमा बस्नु र घर बजारमा बस्नुमा कुनै फरक नभएको पौडेलले बताए । जिल्लाका ११ स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा १ सय १० जना बस्दै आएका छन् । क्वारेनटाइनमा बस्नहरुबीच सामुहिक दुरी कायम नहुँदा असुरक्षा बढ्दो छ, भने उनीहरुलाई खानेपानी, शौचालयको ठूलो समस्या रहेको ७ दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका रोशन रेग्मीले सुनाए । पटक–पटक आग्रह गरेपछि स्थानीय तहका प्रतिनिधिले साबुनको व्यवस्था गरेको उनले बताए ।

क्वारेन्टाइनमा बस्नेहरुलाई अनुगमन र निरिक्षण गर्न जाँदा सामुहिक रुपमा नबस्न र सामाजिक दुरी कायम गर्न पटक–पटक आग्रह गर्दा समेत अटेर गरेको पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु काफ्लेले बताए । उनका अनुसार क्वारेन्टाइनमा बस्नेहरुले नै सामाजिक दुरी कायम गर्दैन्न । सामाजिक दुरी कायम नहुँदा असुरक्षा बढेकोमा उनले चिन्ता व्यक्त गरे ।

सम्बन्धित खवर