कास्की : गण्डकी प्रदेश सरकारले ११ वटै जिल्ला अस्पताललाई नयाँ गाडी किनिदिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले सबै जिल्लामा स्कारपिओ गाडी खरिद गर्ने निर्णय गरेको हो ।
यसअघि कोरोना रोकथाम र नियन्त्रणका लागि सबै अस्पतालमा १५ लाखका दरले बजेट दिएको थियो । मनाङ र मुस्ताङमा भने ५/५ लाख दिएको हो ।
बैठकले बर्खे अधिवेशन जेठ ११ देखि बोलाउने निर्णय गरेको छ । बैठक आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । बजेट अधिवेशन पोखरा सभागृहमा हुनेछ ।