नेपाल तरुण दलद्धारा नाकामा कडाई गर्न आँधीखोला गाउँपालिक ध्यानाकर्षण

नेपाल तरुण दलद्धारा नाकामा कडाई गर्न आँधीखोला गाउँपालिक ध्यानाकर्षण

वालिङ : नेपाल तरुण दलले पालिकाका नाकाहरुमा कडाई गर्न ध्यानार्कषण गराएको छ । नेपाल तरुण दल आँधीखोला गाँउपालिका स्याङ्जाले पालिकाका नाकाहरुमा सुरक्षा कडा पार्ने, स्वास्थ्य चेकजाँच गर्ने, हरेक वडामा क्वारेन्टाईनको व्यवस्था गर्न माग गर्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

कोरोनाको जोखिम पालिका प्रवेश गर्ने नाकामा देखिएको भन्दै कडाई गर्न माग सहितको ज्ञापन पत्र गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेललाई प्रदान गरिएको छ ।

तरुण दलका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर गुरुङद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘भारतमा रहेका नेपालीहरु नागडाँडाबाट आँधीखोला गाउँपालिकाको मुल सडक हुँदै पर्वत, बाग्लुङ, बेनिसम्म पैदल यात्रा गर्नेहरु दिनानुदिन बढिरहेको तथा यो क्रम अझै बृद्धि हुने देखिएकोले यसबाट कोरोना संक्रमणको जोखिम महशुस गरिएको छ ।’


यस्ता गतिविधिलाई रोक्न गाउँपालिकाको प्रवेश नाकामा चेकजाँचमा कडाई वडामा कम्तीमा २०/२० जनाको क्वारेनटाईनको व्यवस्था गर्नुका साथै राहत वितरण प्रभावकारी र पारदर्शी ढंगले गर्न समेत अनुरोध गरिएको छ ।

सावधानी र सतर्कता नअपनाउने हो भने पालिकामा संक्रमणको जोखिम उच्च देखिएको तरुणदलको ठहर छ ।
ज्ञापन पत्र बुझाउने क्रममा गाउँपालिकाका कागे्रसका सभापति नारायण प्रसाद पौडेल, पालिकाका अध्यक्षका प्रत्यासी उम्मेदवार प्रदीप पौडेल, नेपाल तरुण दल जिल्ला सदस्य गणेश सुबेदी, नेविसंघ केन्द्रीय सदस्य दिपेन्द्र खड्का, आँधीखोला तरुण अध्यक्ष चन्द्रबहादुर गुरुङ, शिक्षक संघ अध्यक्ष दिपक सापकोटा तथा दिलीप सापकोटा, अनिल ढकाल, मनोज लामिछाने, गोमानसिंह नेपालीलगायतको सहभागिता थियो ।

सम्बन्धित खवर