पशुपति क्षेत्रको किरियापुत्री सेवा आजबाट बन्द

पशुपति क्षेत्रको किरियापुत्री सेवा आजबाट बन्द

काठमाडौं, पशुपति क्षेत्रको किरियापुत्री सेवा आइतबारबाट बन्द भएको छ । पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि किरियापुत्री सेवा बन्द गरेको निणय गरेको हो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्न थालेपछि कोषले यस्तो निर्णय गरेको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरे अनुरुप कोषलाई प्राप्त निर्देशन अनुसार किरियापुत्री भवनलाई विशेष सरसफाई तथा स्यानीटाइज गर्नुपर्ने भएकाले बन्द गरिएको जानकारी दिए । कोषले विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म उक्त सेवा बन्द हुने उल्लेख गरेको छ ।

सम्बन्धित खवर