आइतबार विहान मृत्यु हुने युवालाई कोरोना संक्रमण रहेको मन्त्रालयको पुष्टि

आइतबार विहान मृत्यु हुने युवालाई कोरोना संक्रमण रहेको मन्त्रालयको पुष्टि

आइतवार नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बाँकेको नरैनापुरस्थित क्वारन्टीनमा आइतवार बिहान मृत्यु भएको २५ वर्षीय पुरुष कोरोनाभाइरस सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका हुन्।

नरैनापुरस्थित दिपेन्द्र माध्यमिक विद्यालयमा रहेको क्वारन्टीनमा रहेका ती युवा बैशाख ३० गते भारतबाट आएको जानकारी दिइएको बीबीसी सम्वाददाता विमला चौधरीले जनाएकी छन्।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खानले उनलाई शनिवार राति वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएको र बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको बताए ।

जिल्ला स्वाथ्य कार्यालय बाँकेको टोलीले ती युवा सहित नरैनापुरबाट शनिवार २६३ जनाको स्वाब सङ्कलन गरेको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जनाएका छन्।

योसँगै नेपालमा कुल मृतकको सङ्ख्या दुई पुगेको छ। सङ्क्रमितको सङ्ख्या २९१ छ। आइतवार बिहान अन्य १० जनाको सङ्क्रमण पुष्टि भएको थियो।

बीबीसी

सम्बन्धित खवर