नेपालमा पहिलाेपटक डाक्टरमा काेराेना पुष्टि

नेपालमा पहिलाेपटक डाक्टरमा काेराेना पुष्टि

महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिका स्थित मध्यपूर्वी पृतनाका दुई जनामा कोरोना संक्रमण भेटिएको छ । कोरोना भाइरसको संक्रमण देखिएका नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति र एक जना चिकित्सकलाई आइसोलेसन उपचारका लागि काठमाडौं पठाइएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका किसाननगर पथलहियामा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका स्वाब संकलक एमबीबीएस चिकित्सकमा शनिबार संक्रमण पुष्टि भएको हो । सेनाका चिकित्सक प्रादेशिक स्तरमै जिल्लामा गएर कोरोनाको स्वाब संक्लनमा खटिएका थिए । यससँगै नेपालमा स्वाब संकलन गर्न जाने पहिलो व्यक्तिमा संक्रमण देखिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाकारी दिए ।

संक्रमित दुवै जनालाई शनिबार साँझ ६ बजे सेनाको गाडीमा काठमाडौं पुर्‍याइएका उनीहरुलाई राखेर सशस्त्र प्रहरीको आइसोलेसन अस्पतालमा उपचार भइरहेको जानकारी दिए । ‘शनिबार वीरगंज, जनकपुरसहित विभिन्न जिल्लाका क्वारेन्टाइनमा चिकित्सक तथा पृतनापति गएको थिए’, सिडिओ खत्रीले भने, ‘उहाँहरुको गएको जिल्ला र भेटेका व्यक्तिहरुको कन्टयाक्ट ट्रेसिङको काम सुरु भएको छ, धेरै सम्पर्कमा समेत आएका छन् ।’

पृतनापति र चिकित्सकमै संक्रमण देखिएपछि मध्यपूर्वी पृतनाको ब्यारेक सिल गरिएको छ । ‘सेनामा आफैं पनि कडा अनुशासन हुन्छ,’ प्रजिअ खत्रीले भने, ‘ब्यारेक भित्रका कुनै पनि सेनालाई बाहिर आउन वा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ, त्यसबाहेक ब्यारेकभित्र पनि रहेका सेनालाई सामाजिक दूरी कायम गर्न भनिएको छ ।’ उनले स्वाब संकलन गर्न जाने चिकित्सक कोरोना संक्रमणपछि उच्च जोखिम बढेको प्रजिअ खत्रीले जनाए । साथै संक्रमित पृतनापति पनि वीरगंजदेखि जनकपुरसम्म आउजाउ गरेका कारण जोखिम बढेको छ ।

पृतनापति र उक्त चिकित्सकको सम्पर्कमा ब्यारेकभित्र धेरै सैनिकहरु आएका कारण पनि ब्यारेकलाई सिल गरिएको बताए । सिडिओ खत्रीका अनुसार त्यहाँ ब्यारेकभित्र अस्पताल, विद्यालयसमेतका संरचना निर्माणाधीन अवस्थामा रहेका छन् । उक्त ब्यारेकभित्र एक गण, एक गुल्म, सिग्नल गण, मेडिकल गण, बिद्यालय गणसहित पृतनाका समेत सेना गरेर २ हजारको हाराहारीमा जनशक्ति छ ।

सम्बन्धित खवर